काठमाडौं उपत्यकामा आज (आइतबार) भोटो जात्रा मनाइँदै छ।
उक्त पर्वका अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ। रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्याइएको छ। त्यसको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज देखाउन लागिएको हो।भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको ललितपुरस्थित गुठी संस्थानले जनाएको छ।
आज साँझ ५ बजे जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइनेछ ।