अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
पूर्वी चितवनको रत्ननगरमा रहेको चाउचाउ गोदाममा आगलागी भएको छ।
इलाका प्रहरी कार्यालय रत्ननगरले दिएको जानकारी अनुसार शनिबार बिहान १० बजेर २० मिनेट जाँदा विद्युत् चुहावटका कारणले रत्ननगर नगरपालिका–१४ मा रहेको एबीसी चाउचाउको गोदाममा आगलागी भएको हो।
कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार आगो नियन्त्रणमा आइसकेको छ भने क्षतिको विवरण आउन बाँकी रहेको छ।
स्थानीय, प्रहरी, भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो। आगोका कारण उत्पादित चाउचाउ र बोराको गोदाममा क्षति पुगेको छ।