Breaking News :

भ्रष्टाचारविरुद्धको अभियन्ता ज्ञानेन्द्र शाहीलाई छाड्न सर्वोच्चको आदेश

भ्रष्टाचारविरुद्धको अभियन्ताका रुपमा चिनिएका ज्ञानेन्द्रबहादुर शाहीलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई छाड्न आदेश दिएको हो । अधिवक्ता महेश डंगोलले हालेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै उनलाई छाड्न अदालतले आदेश दिएको अदालतले जनाएको छ ।

१५ जेठमा शाहीलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले साइबर अपराध मुद्दामा पक्राउ गरेर काठमाडौं पठाइएको थियो ।

 

merokhabarsathi

Read Previous

डान्स लिजेन्ड ग्रुपको कान्छी सार्वजनिक (भिडियो सहित)

Read Next

पाँचौँ चितवन च्याम्पियनसिप सुरु, खेलकुदको विकास गर्न सरकार प्रतिबद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *