मुग्लिन–नौबीसे सडक खण्ड सवारी आवागमन अवरुद्ध भएको छ । पृथ्वी राजमार्गको मुग्लिन–नौबीसे सडक खण्डमा पर्ने मौवाखोलामा पहिरो खसेपछि शुक्रबार बिहानैदेखि राजमार्गको सवारी आवागमन प्रभावित भएको हो ।
बिहान करिब ३ः३० बजे खसेको पहिरोले सडक पुरिएपछि दुवैतर्फ सवारी रोकिएको चितवन प्रहरीले जनाएको छ । लामो समयदेखि सवारी रोकिएकाले अहिले राजमार्गमा सवारीको लामो लाइन बनेको छ ।अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।
ठूलो पहिरो खसेकाले सडक पूर्ववत सञ्चालनमा आउन समय लाग्ने प्रहरी भनाइ छ ।