कैलाली कञ्चनपुर अपडेट:-हावाहुरीबाट ज्यान जानेको संख्या २ पुग्यो, करिब १०० घाइते

कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । १०० भन्दा बढी घाइते भएका छन् भने भौतिक संरचनामा क्षति पुग्दा जनजीवन प्रभावित भएको छ ।

हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।  त्यस्तै, टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु डगौराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हावाहुरीका कारण कैलालीमा मात्रै ८० जना घाइते भएका छन् । उनीहरुको अहिले धनगढी अस्पतालमा उपचार भइरहेको छ । अवस्था गम्भीर भएपछि १ जना घाइतेलाई भने नेपालगञ्ज रेफर गरिएको कैलाली प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यका अनुसार, २३ जना घाइते भएका थिए । यीमध्ये १५ जनाको डिस्चार्ज भएको र ८ जनालाई धनगढी रेफर गरिएको उनले बताए । एसपी आचार्यका अनुसार, घाइतेमध्ये १ गम्भीर भए पनि बाँकीको अवस्था मध्यम छ ।

merokhabarsathi

Read Previous

गाँउवस्तीहरुमा खानेपानीको अभाव, जनावरदेखि मानिस फोहोर कुवाको भरमा

Read Next

चितवनमै पहिलोपटक वाफल्स हाउस

Leave a Reply

Your email address will not be published. Required fields are marked *