Breaking News :

पञ्‍जाबका मुख्‍य मन्त्रीमाथि खनिए नवजोत सिंह सिद्ध‌ू

एजेन्सी- पञ्‍जाबका मुख्यमन्त्री अमरिन्दर सिंह र क्‍याबिनेट मन्त्री नवजोत सिंह सिद्धूबीच चलिरहेको वाकयुद्धपछि आजको मन्त्रीपरिषद बैठकमा सिद्धू अनुपस्थित भएका छन्।

नवजोत सिंह सिद्धूले क्‍याप्टेनमाथि आरोप लगाउँदै भनेका छन्, ‘कांग्रेसको प्रदर्शनको लागि ममाथि निशासा लगाइएको छ। जुन गलत छ। हार सामूहक जिम्‍मेवारी हो।मलाई महत्वहीन बनाउन सकिँदैन।तर मैमाथि किन कारबाही भइरहेको छ? बाँकी अरु नेता-मन्त्रीविरुद्ध किन केही भएन?’

उनले आफू पार्टीको तर्फबाट सधैं उत्कृष्टता पर्दशन गर्दै आएको दाबी समेत गरेका छन्। यता, अमरिन्दर सिंहको अध्‍यक्षतामा बसेको बैठकमा मन्त्रीमण्डलीय विभागमा महत्वपूर्ण निर्णय लिइने भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्। भारतीय लोक सभा चुनावपछि यो पहिलो पटक मन्त्रीस्तरीय बैठक बसेको हो।

लोकसभाको चुनावको क्रममा नवजोत सिद्धूको श्रीमती नवजोत कौरले उनलाई पार्टीबाट टिकट नदिनुमा अमरेन्दरको हात रहेको आरोप लगाएकी थिइन्।

merokhabarsathi

Read Previous

मेयर चौधरीलाई कारबाही गर्न सांसदहरुको माग

Read Next

गाँउवस्तीहरुमा खानेपानीको अभाव, जनावरदेखि मानिस फोहोर कुवाको भरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *