Breaking News :

गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ

प्रहरीले नेपाली कांग्रेसनिकट रहेका धादिङका गुण्डा ‘राधे’ भन्ने राधाकृष्ण भण्डारीलाई पक्राउ गरेको छ।प्रहरीको खोजीको सुचीमा रहेका भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेका प्रदेश ३ प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।

ताल्तीतर्फ जाने बाटोमा स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको धादिङ प्रहरी स्रोतले जनाएको छ । प्रहरीका एक अधिकारीका अनुसार उनको आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको छ ।

नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न छन् । धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानीयबासी बताउँछन् ।

 

merokhabarsathi

Read Previous

बाँदरमुढे घटनाको आज १४ वर्ष पुरा

Read Next

मौसम आज दिनभर आंशिकदेखि सामान्य बदली

Leave a Reply

Your email address will not be published. Required fields are marked *