बाँदरमुढे घटनाको आज १४ वर्ष पुरा

बाँदरमुढे घटना भएको आज १४ वर्ष पुरा भएको छ । साविकको कल्याणपुर गा.वि.स. (हाल माडी नगरपालिका वडा नं. ६)  मा रहेको बाँदरमुढे खोलामा ससस्त्र दाेन्द्वका बेला तात्कालीन नेकपा माओवादीले थापेको एम्बुसमा परि ३८ जनाको मृत्यु र ७२ जना घाइते भएका थिए ।

माडीको बगहीँबाट भरतपुरका लागि छुटेको ना. १ ख. ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते बिहान बाँदरमुढे खोलामा विद्युतिय धरापमा परेको थियो । घटनाको स्मृतिमा हरेक बर्ष बाँदरमुढे घटना पीडित समितिले शोकसभा गर्ने गरेको छ । यसबिच, संघ तथा प्रदेशसभा निर्वाचनअघि तात्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पीडितहरुको एक समुहले सम्झौता गरेका छन् । तीनबुँदे सो सहमतीमा मृतकका परिवारमध्ये काम गर्न सक्नेलाई स्वरोजगार र नसक्नेलाई जीवनवृत्ति तथा बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने, घाइतेको औषधी उपचारसँगै काम गर्न सक्नेलाई रोजगार र स्वरोजगार तथा नसक्नेलाई जीवनवृत्तिको व्यवस्था गर्ने उल्लेख छ ।

त्यसैगरी घटनास्थलको १० बिगाहा क्षेत्रमा स्मारक र नमूना संग्रहालयसहित चिडिया घर निर्माण गरी पर्यटकीयस्थल बनाउने सम्झौतामा भनिएको छ । सम्झौता पश्चात माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालको संयोजकत्वमा समस्या समाधान समिति गठन भई सम्झौता कार्यान्वयन प्रक्रिया थालिएको छ ।

merokhabarsathi

Read Previous

मैत्रीपूर्ण खेलमा चितवन भेट्रान विजयी

Read Next

गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *