Breaking News :

घुस लिएको आरोपमा गैंडाकोटका इन्सपेक्टर पक्राउ

१० लाख रुपैयाँ घुस लिएको आरोपमा इलाका प्रहरी कार्यलय गैंडाकोटका इन्सपेक्टर पक्राउ परेका छन् । इन्सपेक्टर लोकबहादुर जिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

गत बैशाख ११ गते गैंडाकोटमा भएको दुर्घटनामा उनले नक्कली चालक खडा गरेका थिए । व्यवसायी बोदराज पाण्डेले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको थियो ।

आफु जेलबाट बच्न उनले किसनु महतोलाई चालकका रुपमा खडा गरेका थिए । नक्कली चालक खडा गरेवापत उनले १० लाख रुपैयाँ लिएका थिए । यससम्बन्धि उजुरी परेपछि आयोगले छानबिन गर्दा नक्कली चालक खडा गरेको पुष्टि भएको हो ।

merokhabarsathi

Read Previous

सरकार पन्चायती शैलिमा अघि वढ्न खोजेको छ:-शर्मा

Read Next

महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पाण्डे विरुद्ध मुद्धा

Leave a Reply

Your email address will not be published. Required fields are marked *