नेपाली काँग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले सरकार पन्चायती शैलिमा अघि वढ्न खोजेको बताउनुभएको छ ।
आज भरतपुरमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले अहिलेको परिवर्तनका लागि योगदान दिएको संञ्चार माध्यमहरुलाई अहिले सरकारले मिडिया काउन्सील बिधेयक मार्फत शिरमा तरवार राख्ने काम गरेको उहाँको आरोप थियो । सरकार पन्चायती शैलिमा अघि वढ्न खोजेको भन्दै उहाँले यसलाई रोक्नु आबश्यक रहेको बताउनु भयो ।
सरकारले मिडियालाई कृपा गरेर दिएको भन्ने सोचका साथ मिडिया क्षेत्रलाई नियन्त्रर्ण गर्न लागेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो “सरकारले तातोपानी खनाउँदैमा पत्रकारीता क्षेत्रको प्रेस स्वतन्त्रताको घर डड्नेवाला छैन । ” सरकारले गलत गरेको भन्दै उहाँले थप्नुभयो “मिडिया काउन्सील बिधेयक फिर्ता गर्नु पर्छ ।”