Breaking News :

नेपालको झण्डा विश्व स्काउट भेलामा फहराइँदै

नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जम्बोरीमा नेपालको झण्डा फहराउने भएका छन्।

लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई विश्वकै सर्वोच्च शिखरमा पुर्याएका थिए। त्यहाँबाट फर्काएर ल्याइएको झण्डा विश्वभरिका स्काउटर भेला हुने समारोहमा लुइँटेलले फहराउन लागेका हुन्।

अमेरिकाको वेस्ट भर्जिनियामा हुने २४ औं समारोहको उद्घाटन सत्रमा नेपाल र जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गर्ने लुइँटेलले बताए। कार्यक्रमले शान्तिको सन्देश दिन र नेपालको नामलाई विश्वमा चिनाउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरे।

पहिलो पटक २० चैत ०७२ मा सगरमाथा चढ्ने उनको प्रयास असफल भएको थियो। भूकम्पका कारण उनी क्याम्प २ बाट फर्किएका थिए।

पछि पुनः ७ जेठ ०७३ मा उनी सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए। पहिलो पटक नेपालबाट शिखर चुमेका उनले १ जेठ ०७५ चीनतर्फबाट पुनः सफल आरोहण गरेका थिए।

merokhabarsathi

Read Previous

महाभूकम्प आउने भन्दै आतंक फैलाउने ज्योतिष पक्राउ

Read Next

नागरिकका आधारभूत आवश्यकता देखि आर्थिक विकासलाई बजेटले सम्बोधन गरेको छ:-सांसद् रावल

Leave a Reply

Your email address will not be published. Required fields are marked *