Breaking News :

महाभूकम्प आउने भन्दै आतंक फैलाउने ज्योतिष पक्राउ

जेठ महिनाभित्रै नेपालमा महाभूकम्प आउने भन्दै आतंक फैलाउने ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँले अनावश्यक अफवाह फैलाएर आतंक श्रृजना गर्ने ३६ वर्षका अर्जुन क्षेत्रीलाई पक्राउ गरेको हो ।

क्षेत्रीलाई काठमाडौँको गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्रै विनाशकारी भूकम्प आउने दाबी गर्दै आतंक फैलाएका थिए ।

merokhabarsathi

Read Previous

मृगौला पिडित वास्तोलालाई नेपाली काँग्रेसको सहयोग

Read Next

नेपालको झण्डा विश्व स्काउट भेलामा फहराइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *