अन्तराष्ट्रिय रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका १४ जना रिहा

निर्माणधिन अन्तराष्ट्रिय रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका १४ जना रिहा भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका मुद्धा फाँटका प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार उनीहरुलाई हाजिरी जमानीमा आवश्यकता अनुसार बोलाउने गरी छाडिएको जानकारी दिए ।

जमानीमा छुट्नेमा तुलसी गुरुङ, देव तामाङ, राजु सापकोटा, कोपिला सापकोटा, राजन सापकोटा, सञ्जु गुरुङ, कृष्ण कँडेल, दीपक आचार्य, देव गुरुङ, विपीन भट्टराई, मञ्जु चापागाईं, पारू परियार, यशोदा पौडेल, ईश्वरी माया तामाङ रहेका छन् ।

प्रहरी निरीक्षक थापाका अनुसार मुलुकी अपराधसंहितमा उल्लेख भएको व्यवस्था अनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानमा टेकेर उनीहरुलाई रिहा गरिएको हो । डोजर काण्डका मूख्य अभियोगी प्रकाश कँण्डेलसहित भैरव वास्तोकोटी, धुव्र चापागाईं, सुरेन्द्र विके भने हिरासतमै छन् । जिल्ला अदालत चितवनमा मुद्धा दर्ता गरी ७ दिनको म्याद लिएर थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

merokhabarsathi

Read Previous

पाँचौँ चितवन च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

Read Next

भारतीय रियालिटी शोमा नेपालीको धमाका

Leave a Reply

Your email address will not be published. Required fields are marked *