नायिका वर्षा राउतले अष्ट्रेलियामा आयोजना भएको चलचित्र ‘जात्रै जात्रा’को विशेष शोमा लगाएको पहिरनको धेरै नै ट्रोल भयो । कतिपय ट्रोलले वर्षाको व्यक्तिगत जीवनमा समेत असर पर्ने देखिएको छ । बिबाह पछि नायिका वर्षा राउत संभवत पहिलो पटक विवादमा फसिन् ।
तर, वर्षाका लागि केही अप्ठ्यारो बनेको यो परिस्थितीमा उनका श्रीमान् संजोग कोइराला भने उनीसँगै उभिएका छन् । संजोगले फेसबुकमा लेखेको स्टाटसबाट पनि यो कुरा पुष्टी हुन्छ । संजोगले वर्षाका लागि लेखेका छन्–‘म तिमीलाई प्रोत्साहन गर्छु, सम्मान गर्छु । म तिमीलाई साथ दिन्छु र तिम्रो लडाइमा छेउमै उभिनेछु । म संघर्ष र कठिन समयमा पनि तिमीलाई माया गर्नेछु ।’ ‘म तिमीलाई जस्तोसुकै परिस्थितीमा पनि आनन्दित तुल्याउनेछु र एकसाथ हाम्रो समय अगाडि बढाउनेछु । तिमी सधै सही कुरा भन्न र गर्न सक्दिनौ, यो ठिक छ । तिमी यहाँ पूर्ण हुनका लागि होइन, वास्तविक हुनका लागि छौ ।’