Breaking News :

चितवनबाट पोखरा जाँदै गरेको जिप तनहुँमा दुर्घटना

तनहुँको व्यास नगरपालिका १२ छिर्कनेमा आज जिप पल्टिँदा दुई जना घाइते भएका छन् ।

चितवनबाट पोखरा जाँदै गरेको ना४च ७५१५ नम्बरको जिप आज बिहान साढे ४ बजे नियन्त्रण गुमाएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका जिप चालक धादिङको बसेनी गाउँपालिका ८ का २५ बर्षीय सुमन कार्की र जिपमा सवार गोरखाको गण्डकी गाउँपालिका ६ का ४० वर्षीय शिव नारायण श्रेष्ठलाई उपचारको लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुरमा पठाइएको छ ।

घाइतेमध्ये चालक कार्कीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

merokhabarsathi

Read Previous

ठोरीबाट लागु औषध ल्याउने माडीमा पक्राउ

Read Next

‘भोजपुर हत्याकाण्ड’ को बदला लिन सोलुको प्रहरी चौकीमा आक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *