Breaking News :

विष्णुबाबुको “तस्विर” लाखौँ पटक हेरियो

चितवन।भरतपुर-१३ का विष्णुबाबु देवकोटाको “तस्विर” लाखौ पटक हेरिएको छ । नेपाली साहित्यको मुक्तक एवम् गीतलेखनमा अव्वल देवकोटाको व्यक्तिगत तस्विर भने हेरिएको हैन ।

सयौँ गीत लेखिसकेका देवकोटाको शब्द रचना रहेको उक्त ” तस्विर ” बोलको गीतको भिडियो लाखौं पटक हेरिएको होे । भर्खरै युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत छोटो समयमानै स्रोता दर्शकमाझ अत्यन्त लोकप्रिय बनेको छ । भर्खरै सम्पन्न द भ्वाईस अफ नेपाल रियलिटी शो मा निर्णायक/ प्रशिक्षकको समेत भुमिका सम्पन्न गरिसकेका गायक सनुप पौडेल तथा सुमधुर स्वरकि धनि गायिका निशा कँडेलको स्वरमा सजिएको उक्त गीतको भिडियो लाखौं पटक हेरिसकिएको छ । छोटो समयमा नै अत्याधिक रुचाईएको उक्त गीतको भिडियोमा पुजा शर्मा र आकाश श्रेष्ठको लोभलाग्दो अभिनय देख्न सकिन्छ ।

थोरै शङ्का, थोरै अविस्वास तर धेरै माया र भरोषा मिसिएको उक्त गीतमा छिट्टै बाजा बजाएर बिहे गर्ने कुरा गर्दै पुजा र आकाश रोमान्स गरिरहेको देख्न सकिन्छ । सङ्गीतकार टिका दाहालकोे सुमधुर सँगीत तथा वरिष्ठ सङ्गीत- संयोजक राहुल प्रधानको एरेन्ज रहेको उक्त गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । गायिका निशा कंडेलको आफ्नै यु ट्युव च्यानलबाट सार्बजनिक गरिएको उक्त भिडियोमा के बि ए ग्लोबल एजुकेशन एण्ड माईग्रेसन कन्सल्टेन्सिको प्रस्तुति रहेको छ। गीतकार देवकोटाका यस अघि पनि दर्जनौं गीतहरु बजारमा आईसकेका छन् । उनको आफ्नै एल्बम “रित्तो याद” अत्याधिक रुचाईएको एल्बम हो । यसअघिका गीतहरुलाई पनि दर्शक तथा श्रोताहरुले माया गरेको बताउँदै यो गीतलाई पनि दर्शक/स्रोताहरुले मन पराउनेमा देवकोटा विश्वस्त छन् । देवकोटाका अनुसार ,गीतले प्रेमीप्रेमिकाबिचको प्रेमिल कुराहरुलाई सरल तथा सरस किसिमले शब्दमा उतार्ने प्रयास गरिएको छ, यसैकारण पनि यो गीत युवा पुस्तामा बढि रुचाईन्छ ।

गीतकार देवकोटा स्वरसम्राट नायरायण गोपालको भेटिएको पछिल्लो संगीतमा शब्द भर्ने गीतकार पनि हुन् ।

merokhabarsathi

Read Previous

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा

Read Next

प्रधानमन्त्री एक हप्ताका लागि युरोप जाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *