Breaking News :

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा

फाइल फोटो

फाइल फोटो

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ।

शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो।

अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई÷तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ। सो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो।

merokhabarsathi

Read Previous

दरबार हत्याकाण्डको १८ वर्ष पुरा, रहस्य अझै गर्भमै

Read Next

विष्णुबाबुको “तस्विर” लाखौँ पटक हेरियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *