अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
भरतपुर महानगरपालिकामा धारिलो हतियार प्रहार हुँदा एक युवत्ति घाईते भएकी छन् । घाईते हुनेमा भरतपुर महानगरपालिका वडा न.११ वसेनी वस्ने ३१ वर्षिया सोम माँया बिक रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता दुर्गाराज रेग्मीका अनुसार घरायसी बिबादका कारण सोहि स्थानीय निवासी ४० वर्षिय नारायण बिकले धारीलो हतियार प्रहार गरेका हुन ।घाईते सोममायाँको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।
खुकुरी प्रहार गरी बिक फरार रहेका छन् । बिकको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।