Breaking News :

अन्तराष्ट्रिय क्रिकेट रंगशालाको भत्काएको बार स्थानीयले नै उठाए

चितवनको रामपुरमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएका स्थानीयले आज आफैले बार उठाएका छन् । आज विहान स्थानीयबासी र विभिन्न संघसंस्थाका युवाहरुको बाक्लो सहभागिता पुनः बार उठाइएको हो ।

जेष्ठ १५ गते केही स्थानियले बार भत्काए पछी जेष्ठ १६ गते देखी निर्माण कार्य रोकिएको हो । शुक्रबार स्थानिय र धुर्मुस सुन्तली फाउण्डेसन बिच भएको बार्तामा भत्किएको बार स्थानियले नै उठाउने सहमती भएको थियो । उक्त सहमती अनुसारनै आज बिहानै स्थानिय बासिन्दा, बिभिन्न राजनितिक दल, संघ संस्था तथा युवाहरुले भत्किएको बार उठाएका हुन् । भत्किएको रंगशालाको बार उठाउनका लागि हजारौको संख्यामा स्थानियको उपस्थिती रहेको थियो ।

बाल बालिका देखी युवा तथा बृद्द बृद्दाहरु रंगशालाको बार फेरी उठाउन एक जुट भएका थिए । भरतपुर वडा नम्बर १५ र १६ सँगै अन्य बिभिन्न वडाबासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

 

merokhabarsathi

Read Previous

प्रधानमन्त्री ओलीले मोदीलाई दिए रुद्राक्षको माला

Read Next

किन होटल उद्घाटन नगरी फर्किए प्रधानमन्त्री?

Leave a Reply

Your email address will not be published. Required fields are marked *