प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुद्राक्षको माला उपहार दिनुभएको छ ।
बिहीबार पद तथा गोपनियताको शपथ लिएका मोदीसँग शुक्रबार हैदरावाद हाउसमा भेटवार्ता गर्दै ओलीले उपहार स्वरूप हिन्दु धर्म शास्त्रअनुसार भगवान शिवको प्रिय मानिने रुद्राक्षको माला दिएका हुन् ।
प्रधानमन्त्री ओली बिहीबार मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका हुन् । उनी आज स्वदेश फर्कने कार्यक्रम छ ।