प्रधानमन्त्री ओली र मोदी बीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

शुक्रबार नयाँ दिल्लीस्थित ‘हैदरावाद हाउस’मा दुई नेताबीच भेटवार्ता भएको हो ।

ओलीसँगको भेटमा मोदीले निकट छिमेकीका नाताले भारतले नेपालको विकास र समृद्धि हेर्न चाहेको बताएका थिए । नेपालको विकास र समृद्धिमा भारतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता मोदीले जनाएको बताइएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार दुवै नेताले द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा अझै सुमधुर बनाउने प्रतिबद्धता जनाएका छन् ।

merokhabarsathi

Read Previous

आलोपालोमा सहमतिबाटै अगाडि बढ्छौँ:-प्रधानमन्त्री

Read Next

प्रधानमन्त्री ओलीले मोदीलाई दिए रुद्राक्षको माला

Leave a Reply

Your email address will not be published. Required fields are marked *