Breaking News :

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ३ लाख सहयोग

चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि  विभिन्न दाता समूहले आज शुक्रबार ३ लाख रुपैयाँ प्रदान गरेका छन्।

भरतपुरको होटल गार्डेन रिर्सोटमा काम गर्ने कर्मचारीको तर्फबाट १ लाख र निर्माण व्यवसायी रेगन पन्तले व्यक्तिगत तर्फबाट २ लाख रुपैयाँ प्रदान गरेका हुन्।

बिहीबार होटल गार्डेनमा आयोजित कार्यक्रममा होटलका अपरेसन म्यानेजर दीपेन्द्र पोखरेलले रंगशाला निर्माणकर्ता धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई १ लाखको चेक हस्तान्तरण गरे ।

होटलमा काम गर्ने कर्मचारीहरुको  दुई दिनको तलबबाट रंगशाला निर्माणमा सहयोग गरिएको म्यानेजर पोखरेलले बताउनुभएको छ। होटलका तर्फबाट धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष र पदाधिकारीलाई चितवन आउँदा वासको निशुल्क प्रबन्ध गरिएको होटलका म्यानेजिङ डिरेक्टर दिलिप मैनालीले बताउनुभयो।

सो कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धर्मुसले रंगशाला बन्ने स्थानमा भएको घटनाले आम नेपालीलाई दुःखी बनाएको भन्दै अबका दिनमा निर्भिकतापूर्वक काम गर्ने बातावरण तयार गरिदिन आग्रह गर्नुभएको छ ।

रंगशाला निर्माण जनस्तरबाट हुने भएकोले स्थानीय जनतासँग कुनै प्रकारको असमझदारी गर्ने पक्षमा आफूहरु नरहेको र सडकको विषय महानगरपालिका र विश्वविद्यालयले हल गरिदिनुपर्ने अध्यक्ष कट्टेलले बताउनुभयो । उनले काम गर्ने वातावरण तयार हुनासाथ फिल्डको काम अघि बढाउन तयार रहेको विश्वास दिलाउनुभयो ।

सो कार्यक्रममा चितवनका निर्माण व्यवसायी रेगन पन्तले रंगशाला निर्माणका लागि व्यक्तिगत रुपमा दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। उनले देशकै गौरवका रुपमा रहेको रंगशालाका निर्माणमा चितवनवासीको साथ रहेको भन्दैं सानातिना घटनाबाट विचलित नहुन धुर्मस सुन्तली फाण्डेशनलाई आग्रह गर्नुभयो ।

merokhabarsathi

Read Previous

गौतम बु्द्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित (बिज्ञप्ति सहित)

Read Next

आलोपालोमा सहमतिबाटै अगाडि बढ्छौँ:-प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *