वृद्धभत्ता एक हजार बढ्यो, अब मासिक ३ हजार पाउने

सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत सामाजिक सुरक्षा भत्ता एक हजार रुपैयाँ बढाएको छ।

प्रतिनिधिसभामा आगामी आवको बजेट घोषणा गर्दै अर्थमन्त्री डा‍‌‍ युवराज खतिवडाले वृद्ध भत्ता लगायत सामाजिक सुरक्षा भत्ता १ हजार वृद्धि गरी तीन हजार रुपैयाँ पुर्याउने निर्णय गरेको जानकारी  दिए।

हाल मासिक रुपमा वृद्धवृद्धालाई २ हजार रुपैयाँ दिइँदै आएकोमा आगामी आवदेखि भने त्यसमा एक हजार रुपैयाँ थप हुने भएको छ। सामाजिक सुरक्षा भत्ता सबै १ हजारका दरले बढ्ने अर्थमन्त्रीले जानकारी दिएका हुन्।

एकल महिलाका लागि दिइँदै आएको भत्तामा पनि १ हजारले बृद्धि भएको छ। यसअघि एकल महिलाले १ हजार रुपैयाँ पाउँदै आएका थिए। त्यस्तै ७० वर्षमाथिका नागरिकलाई उपचारको क्रममा १ लाखको बीमालाई यथावत राखिएको छ।

उनले यसबाट १३ लाख लाभान्वित हुने जानकारी दिए।

merokhabarsathi

Read Previous

आगामी आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ

Read Next

नेपाली आधुनिक गीत नभए साहारा सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *