गणतन्त्र जीवनपद्धतिका रुपमा समेत स्थापित र संस्थागत हुँदै:-राष्ट्रपति

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताउनुभएको छ।

बाह्रौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘विश्वमा लोकप्रिय तथा समृद्ध पद्दतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रुपमा मात्र नभई जीवनपद्धतिका रुपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ । यो सबैका निम्ति गौरवको विषय हो ।’

राष्ट्रपति भण्डारीले समृद्धिको अपेक्षा साकार पार्नु हामी सबैको उत्तरदायित्व भएको बताउनुभएको छ । सामाजिक न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर भएको उल्लेख गर्दै समृद्धि हासिल हुनेमा आफू विश्वस्त रहेको पनि बताउनुभएको छ।

उनले मुलुकको समग्र विकास र समृद्धिका लागि आ-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा आह्वान गर्नु भयो।

merokhabarsathi

Read Previous

आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै

Read Next

गणतन्त्र राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो:-प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *