फेसबुक बाट २ सय ५० जनालाई ठगी गर्ने एक व्यक्ति पक्राउ

फेसबुकमा ‘रुम एण्ड फ्ल्याट अन रेन्ट इन काठमाडौं’ पेज खोली काठमाडौंका विभिन्न स्थानमा रुम र फ्ल्याट खाली रहेको भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्।

पेजमा सम्पर्क नम्बर समेत राखेर ठगी गर्ने भोजपुर साल्पा सिलिछोका रामचन्द्र भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो।

उनले आफ्नो फोन नम्बर पेजमा राखेर फोन गर्ने ग्राहकलाई रुम हेर्नुअगाडि नै १५ सयदेखि ४ हजारसम्म असुली गर्ने गरेका थिए।

उक्त रकम ग्राहकलाई आईएमई पे वालेट र इसेवा आईडीमा जम्मा गराई सम्पर्कविहीन हुने गरेका भट्टराईले २ सय ५० भन्दा बढी व्यक्तिसँग ठगी गरेको प्रहरीले जनाएको छ।

यसरी जम्मा भएको पैसा उनले अरु नै व्यक्तिको कागजपत्र प्रयोग गरी खोलेको खाताबाट निकाल्ने गरेका थिए। उनीविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो।

भोजपुरका भए पनि उनी जुम्लाको चन्दननाथ ४, खलंगामा बस्दै आएका थिए। उनको साथबाट एसर कम्पनीको ल्यापटप, झोला, दुई थान मोबाइल, पेन ड्राइभ, विभिन्न बैंकका ५ थान चेकबुक, ५ थान एटीएम कार्ड र नागरिकता बरामद भएको छ।

उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

merokhabarsathi

Read Previous

सटर भाडामा लिएर व्यावसाय गर्नेहरुलाई पेटीमा वनाएका चुलो र राखिएका सामाग्री हटाउन चेतावनी

Read Next

आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *