Breaking News :

सटर भाडामा लिएर व्यावसाय गर्नेहरुलाई पेटीमा वनाएका चुलो र राखिएका सामाग्री हटाउन चेतावनी

भरतपुर अस्पताल अगाडी नेपाल प्रहरीको कल्याणकारी कोष द्धारा संञ्चालित सटर भाडामा लिएर व्यावसाय गर्नेहरुले पेटीमा वनाएका चुलो र राखिएका सामाग्री तीन दिन भित्र हटाउन चेतावनी दिईएको छ ।

गणतन्त्र दिवसको अवसरमा भरतपुर क्षेत्रमा सरसफाईका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको रोहवरमा वडा नम्बर १० का अध्यक्ष अरुणपिडित भण्डारीले ती सामाग्री तत्काल हटाउन निर्देशन दिनु भएको हो । होटलहरुले पेटीमा चुलो र पसलहरुले सामाग्री राखे पछि फोहोर र यात्रुलाई हिड्न कठिन भएको छ । भण्डारीले तीन दिन भित्र ती समाग्री नहटाए महानगरले जफत गर्ने बताउनु भयो । उहाँले कडाईका साथ निर्देशन दिदैं तोकीएको समयमा नहटाए नगर प्रहरीले भत्काएर लैजाने चेतावनी दिनु भयो ।

भण्डारीले यस अघि पनि पेटीमा चुलो निर्माण नगर्न निर्देशन दिएको भए पनि प्रहरीको आडमा अटेर गरे पछि महानगर प्रमुखकै रोहबरमा उहाँले निर्देशन दिनु भएको हो । सो क्रममा उहाँले वाहिर फोहोर नगर्न आग्रह समेत गर्नु भएको थियो ।

गणतन्त्र दिवस २०७६ का अवसरमा आज विहान भरतपुरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला समन्वय समिति, मालपोत कार्यालय, भरतपुर अस्पताल, नेपाल प्रहरी लगाएतका स्वामित्वमा रहेका जमिन अगाडी रहेका सडक छेउछाउ सरसफाई गरिएको हो ।
सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेत, सरकारी कार्यालयका प्रमुखहरु, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी लगाएतको सहभागितामा सरसफाई गरिएको हो ।

सरसफाई पछि प्रमुख जिल्ला अधिकारी वस्नेतले सबैलाई धन्यवाद दिदै गणतन्त्र दिवसका अवसरमा गरिने कार्यक्रममा सक्रिय सहभागिताका लागि अनुरोध गर्नु भयो ।

merokhabarsathi

Read Previous

आफ्नै आमाले गरिन् २२ महिने छोराकाे हत्या

Read Next

फेसबुक बाट २ सय ५० जनालाई ठगी गर्ने एक व्यक्ति पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *