मोदीको सपथ ग्रहण समारोहमा ओलीलाई निम्तो, बिहिबार दिल्ली जाने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा उपस्थित हुन निमन्त्रणा आएको छ। सोमवार भारतबाट औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने तय भएको हो ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओली जेठ १६ गते दिल्ली जानेछन् । सोही दिन मोदीको सपथग्रहण छ । ओली सपथग्रहण र मोदीसँग द्विपक्षीय वार्तापछि जेठ १७ गते नै स्वदेश फर्किनेछन् ।

मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखलाई बोलाइएको छ ।

merokhabarsathi

Read Previous

महिला हिंसा न्यूनीकरणका लागि मार्सल आर्टस् तालिम

Read Next

आफ्नै आमाले गरिन् २२ महिने छोराकाे हत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *