Breaking News :

अन्डर सेभेन्टिन नकआउटमा बसन्तपुरले अयोध्यापुरीको सामना गर्ने

जिबन रानाभाट जेठ १३, माडीको बसन्तपुरमा जारि माडी स्तरीय अन्डर सेभेन्टिन जुनियर कप नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक बसन्तपुर युनाइटेड क्लब ए ले अयोध्यापुरी फुटबल क्लबको सामना गर्ने भएको छ ।

आज भएको सेमीफाइनल तर्फको खेलमा युवा दर्शन समाज बादरझुलालाई ४–१ गोलअन्तरले पराजित गर्दै बसन्तपुर युनाइटेड क्लब ए विजयी भएको हो । खेलको म्यान अफ द म्याच बसन्तपुरका पदम नेपाली घोषित भए। त्यसैगरी आजै भएको दोश्रो सेमिफाइनल खेलमा चैनपुर फुटबल क्लबलाई २-० गोलले पराजित गर्दै अयोध्यापुरी फुटबल क्लब फाइनल प्रवेश गरेकों हो ।

खेलको म्यान अफ द म्याच अयोध्यापुरीका प्रवेश भण्डारी घोषित भए। बसन्तपुर र अयोध्यापुरी बिचको फाइनल खेल भोलि जेष्ठ १४ गते दिउँसो साढे ४ बजे हुनेछ ।बसन्तपुर युनाइटेट क्लबको आयोजनमा जारि प्रतियोगिताको विजेताले १० हजारको साथमा आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टिमले ५ हजारको साथमा आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक आशिष सुनारले जानकारी दिनुभयो ।

merokhabarsathi

Read Previous

क्रिकेट रंगशाला निर्माणस्थलको कुलमान घिसिंगद्वारा निरीक्षण

Read Next

महिला हिंसा न्यूनीकरणका लागि मार्सल आर्टस् तालिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *