Breaking News :

चितवनका डान्स लिजेन्ड ग्रुप को प्रस्तुति मा कान्छी गीतको म्युजिक भिडियो छायांकन सम्पन्न

चितवनका युवा ग्रुप डान्स लिजेन्ड ग्रुप को प्रस्तुति मा कान्छी गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ।

युवा पुस्तालाई लक्षित गरि शिव कडेंलकाे स्वर रहेकाे कान्छी गितकाे चितवनकाे रमणीय स्थानहरुमा छायांकन गरिएको छ। म्युजिक भिडियोको दिनेश बस्नेतले निर्देशन गरेका हुन्।

देब चापागाईं र रोहन बलामीको कोरियोग्राफि रहेको गीतमा देब चापागाईं, रोजिता थापा, सलिना गुरुङ, निकिता ढकाल, प्रवेश भुसाल, आदित्य सुवेदी, सुरक्षा अधिकारीले नृत्य गरेका छन्।

जनक काफ्ले र देव चापागाईंकाे कन्सेप्टमा बनेकाे म्युजिक भिडियो अबकाे केही दिनमै गीत रिलिज गर्ने तयारी रहेकाे सुटिङ युनिटले जनाएको छ।

म्युजिक भिडियोमा चितवनका पर्यटकीय क्षेत्रहरूको यथार्थ परक चित्रण गरिएकाे निर्देशक बस्नेतले बताउनुभयाे।

merokhabarsathi

Read Previous

रामपुरमा प्रेसर कुकर बम फेला

Read Next

क्रिकेट रंगशाला निर्माणस्थलको कुलमान घिसिंगद्वारा निरीक्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *