चितवन।भरतपुर महानगरपालिका–१५ रामपुर स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय नजिकै प्रेसर कुकर बम फेला परेको छ ।
विश्व विद्यालय र मकैबाली अनुसन्धान केन्द्रको बीच सडक बम फेला परेको प्रहरीले जनाएको छ । सो बम अहिले नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेका छन् ।
विप्लव समूहले आज नेपाल बन्द आह्वान गरेकोले त्रास सिर्जना गर्न सो बम राखिएको हुन सक्ने प्रहरीको आशंका छ ।