Breaking News :

प्रेस यूनियन चितवनको रजतबर्ष बार्षिक कार्यक्रम शुभारम्भ

रबिना पौडेल, चितवन। रजतबर्षको अवसरमा प्रेस यूनियन चितवनको बार्षिक कार्यक्रम अन्तर्गतको वाकाथुन कार्यक्रम बाट आज रजतबर्ष बार्षिक कार्यक्रमको शुभारम्भ गरिएको छ।

प्रेस यूनियन चितवनका अध्यक्ष ढकालका अनुसार स्वास्थ्यका लागि बिहान हिड्नु लाभदायक रहने हुनाले रजतबर्षको स्थापनाको दिनमा वाकाथुनबाट कार्यक्रमको शुभारम्भ गरिएको बताउनुभएको छ।

सो अवसरमा बोल्दै डाक्टर भोजराज अधिकारीले एउटा मानिस स्वस्थ बन्न दैनिक १० किलोमिटर हिड्नु आवश्यक रहेको बताउनुभयो। बिहान हिड्दा शरीरका विभिन्न अंगमा रक्तसंचार प्रक्रिया थप क्रियाशील हुने भन्दै उनले मुटुरोग, सुगर तथा अन्य रोग न्यूनिकरणका लागि लाभदायक हुने बताए ।

‘ हिडौं, स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम भरतपुरको चौबीसकोठीबाट नारायणगढको पुलचोकमा गएर समापन भएको थियो । कार्यक्रममा  जिल्लाका पत्रकार, सरकारी निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुख ,स्वास्थ्यकर्मी, राजनीतिक दल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

merokhabarsathi

Read Previous

बिप्लवले आह्वान गरेको नेपाल बन्दले चितवन जिल्लाको जनजीवन प्रभावित

Read Next

रामपुरमा प्रेसर कुकर बम फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *