Breaking News :

बिप्लवले आह्वान गरेको नेपाल बन्दले चितवन जिल्लाको जनजीवन प्रभावित

बिप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दले आज चितवन जिल्लाको जनजीवन प्रभावित भएको छ ।

आफ्ना नेता तथा कार्यकर्तालाई राज्यले छानीछानी पक्राउ गरेको भन्दै प्रतिवन्धित समूहले आज बन्दको आव्हान गरेको हो ।नेपाल बन्दका कारण आज बिहानैदेखि यस क्षेत्रमा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन सञ्चालनमा आउन सकेको छैन।

भरतपुर, नारायणगढलागयत जिल्लाका बजारहरु, शिक्षण सस्था सबै बन्द रहेका छन् । बजारको चोक चोकमा प्रहरी परिचालन गरिएको छ । जिल्लामा अहिलेसम्म कुनै आपराधिक गतिविधि नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

हिजै देखि देशका विभिन्न ठाउँहरुमा बम भेटिएकोले सर्वसाधारणहरु भने आतंकित भएका छन् ।

merokhabarsathi

Read Previous

बम बिस्फोट स्थलमा विप्लवको पर्चा

Read Next

प्रेस यूनियन चितवनको रजतबर्ष बार्षिक कार्यक्रम शुभारम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *