Breaking News :

बम बिस्फोट स्थलमा विप्लवको पर्चा

मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार नजिकै भएको बम बिस्फोट स्थलमा नेत्रविक्रम चन्द विप्लव नेपाल कम्युनिष्ट पार्टीको पर्चा भेटिएको छ । घटना स्थलमा विप्लव समूहको बन्द आव्हान गरिएको पर्चा भेटिएको हो ।

सिंहदरबारकै छेउमा रहेको अनामनगरमा र बुढानिलकण्ठ नगरपालिकामा पर्ने सुकेधारामा आइतबार दिउँसो ग्यास सिलिण्डर बम बिस्फोट भएको हो । बिस्फोटमा परी ३ जनाको मृत्यु भएको छ । सुकेधारामा २ र अनामनगरमा एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा ६ जना घाइते भएका छन् । घाइतेको तरमा सेन्टर र ओम अस्पातालमा उपचार भइरहेको छ ।

बिस्फोट कसले गराएको हो रु भन्ने एकीन भइसकेको छैन । यद्यपि बिस्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुन सक्ने अनुमान गरिएको छ ।

merokhabarsathi

Read Previous

सिंहदरबार कै छेउमा बम बिस्फोट, ३ को मृत्यु

Read Next

बिप्लवले आह्वान गरेको नेपाल बन्दले चितवन जिल्लाको जनजीवन प्रभावित

Leave a Reply

Your email address will not be published. Required fields are marked *