मुलुकको प्रशासनिक केन्द्र नजिकै रहेको अनामनगरमा र शुकेधारामा आइतबार दिउँसो बम बिस्फोट भएको छ । दुबै स्थानमा सिलिण्डर बम बिस्फोट भएको हो ।
बिस्फोटमा परी ३ जनाको मृत्यु भएको छ । सुकेधारामा दुइ र अनामनगरमा एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा ६ जना घाइते भएका छन् ।
प्रहरीले घटना स्थल पुगेर घटना बारे अनुसन्धान गरिरहेको छ ।