अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
पूर्व सूचना नदिई भारतीय पक्षले पाइलट च्यानलमार्फत पानी छाड्दा सप्तरीको गोबरगाढामा पानी पसेको छ । पसेको पानीका कारण आवतजावतमा समस्या भएको छ भने ९० परिवार सम्पर्क विहीन भएका छन्।
करिब तीन बर्षअघि भारतीय पक्षले कोशी व्यारेजको २८ नम्बर ढोका अगाडिबाट खन्न शुरु गरेको पाइलट च्यानलमार्फत एक्कासी पानी आएको थियो । नयाँ संरचना अनुसार हनुमाननगर–कंकालनी नगरपालिकाको वडा नम्बर १३ बनाइएको गोबरगाढा बर्षाको समयमा प्रायः डुबानमा पर्ने गर्छ ।
उक्त च्यनलमा पानी छोड्दा स्थानीयस्तरमा पूर्वजानकारी गराउनुपर्नेमा भारतीय पक्षले कुनै जानकारी नै नगराई एक्कासि पानी छोडेको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले बताए । बर्खायाममा पानीको मुहान नै थुन्नेगरी भारतीय पक्षले एकतर्फी रूपमा बनाउने बाँधका कारण जिल्लाका विभिन्न भूभाग डुबानमा पर्ने गरेका छन् । यस्तै डुबानमा पर्ने समस्या समाधान हुन नपाउँदै पुनः त्यस्तै प्रकृतिको व्यवहारले हनुमाननगर कांकालिनी नगरपालिकाका ९० परिवार सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन भएकासँग सम्पर्कको प्रयास गरिरहेका छौं, प्रमुख साहले भने, ‘तर, नदीको बहावले सिंगो बस्ती नै घेरिएपछि सम्पर्कको प्रयास असफल भएको छ ।’ उनले यस्तै अवस्था जारी रहे स्थिति झन् विकराल हुने अवस्था देखिएको बताए ।