पूर्वी चितवनको कालिका नगरपालिकामा एक व्यक्ति संकास्पद अबस्थामा मृत फेला परेका छन् । कालिका नगरपालिका वडा नम्बर १ नौ नम्बर टोल वस्ने अन्दाजी ४७ वर्षिय कुमारसिंह श्रेष्ठ आँफै सुतेको खाटमा मृत अबस्थामा फेला परेका हुन ।
घटना स्थल पुगेका ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यका अनुसार मृत्युको कारण खुलि सकेको छैन । शवको प्रकृति हेर्दा संकास्पद रहेको भए पनि अहिले केहि भन्न नसकीने अबस्थामा रहेको उहाँले बताउनु भयो । घरमा माईला छोरा र वुहारी संगै श्रेष्ठ रहेको आचार्यले बताउनु भयो ।
घटनाका वारेमा बिहान ७ वजे प्रहरीले जानकारी पाए पछि प्रहरी टोलि घटनास्थल पुगेको हो ।