Breaking News :

सरकार अराजक गतिबिधिका साथ अघि वढेको छ:- नेता चौधरी

नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीले सरकार अराजक गतिबिधिका साथ अघि वढेको बताउनुभएको छ।

काँग्रेस चितवनले जागरण अभियान अन्तर्गत पहिलो खण्डको कार्यक्रम सम्पन्न भएको जानकारी दिदै नेता चौधरीले सरकार अराजकता तर्फ अघि बढेको बताउनु भएको हो।

सरकारका काम कारवाहिका कारण आँफै अराजक वन्दै गएको उहाँले बताउनुभयो । देश अहिले अपराधिक मानसिकताले अघि वढेको छ ।भ्रष्टाचार र लुटतन्त्रका कारण मुलुक दयानीय अबस्थामा आएको छ । शान्ति प्रकृयामा आई सके पछि पनि प्रकृया नसकीदै हत्याराहरु छुट्नु दुर्भाग्य रहेको उहाँले बताउनु भयो । सरकारले प्रेश माथि नियन्त्रर्ण गर्न खोज्नु, अदालत प्रति हस्तक्षेप गर्नु दुखत रहेको उहाँको भनाई थियो ।

सरकार वहुमत वादको दम्बले छापामार शैलीमा अघि वढेको उहाँको आरोप छ । छापामार शैलिमा राजनैतिक हतियार वनाएर दिन दाहाडै अपराध गर्नेलाई सरकारले संरक्षण गरेको उहाँले बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले चितवनमा सरकारको दुई तिहाई दम्भका कारण अपराधिक कृयाकलाप वढ्दै गएको बताउनु भयो । राज्यले अपराधिलाई संरक्षण गरेको आरोप उहाँको थियो ।

merokhabarsathi

Read Previous

चितवनमा गणतन्त्र दिवस मनाउने तयारी तिब्र

Read Next

संकास्पद अबस्थामा मृत फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *