Breaking News :

प्रेस युनियन चितवनले रजत वर्ष मनाउने

नेपाल प्रेस यूनियनको रजत बर्षको अवसरमा प्रेस युनियन चितवन शाखाले विभिन्न कार्यक्रम गरि रजत वर्ष मनाउने घोषणा गरेको छ । रजत बर्षलाई भव्य रुपमा सफल पार्न बर्ष भरिनै रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाइने भएको हो।

प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललले रजतबर्षलाई भव्यरुपमा मनाउन विभिन्न रचनात्मक, सिर्जनात्मक एवं जनचेतनामुलक कार्यक्रमको तय गरिएको बताउनुभएको छ । जसअनुसार प्रत्येक महिनामा कम्तिमा एउटा कार्यक्रम नछुट्ने गरी १४ वटा कार्यक्रमको घोषणा तय गरिएको छ ।

जेठ १३ गते ‘ हिडौ –स्वस्थ्य बनौ ’ भन्ने भावका साथ चौविसकोठीबाट पुल्चोकसम्म सबै संगै हिड्ने गरी कार्यक्रम तय गरेको जानकारी दिनु भयो । त्यसै गरि श्रमजिवि पत्रकारहरुको अबस्था र कार्यन्वयनको विषयमा अन्तरक्रिया, सरकारी निकायका सुचना अधिकारीसंग पत्रकारको अन्तक्र्रिया, खुल्ला फोटो प्रतियोगिता, महिला पत्रकारहरुको अध्ययन अवलोकन भ्रमण, जिल्लामा रहेर २५ वर्षभन्दा लामो समयदेखि पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान गरिने उहाँले वताउनु भयो ।

सोहि अवसरमा अन्तर मिडिया फुटसल प्रतियोगिता, पत्रकारका लागि आँखा एवं दन्त परिक्षण, सांस्कृतिक कार्यक्रम, जिल्लाको पहाडी क्षेत्रमा स्वास्थ्य शिबिर, भ्रमण वर्ष २०२० मा केन्द्रीत भई पर्यटन विकास लक्षित कार्यक्रम, पिछडीएको बस्तिमा क्यान्सर सचेतना कार्यक्रम, वातावरण संरक्षण सम्बन्धी सचेतना अभियान, रजत बर्षको अन्तिम दिन २०७७ जेठ १३ गते नै कांँग्रेसका केन्द्रीय नेताहरुको आतिथ्यमा कार्यक्रमको समापन गरिनेछ । सो अवसरमा प्रेस यूनियनको भवन परिषरमा निर्माण गरिने रजत स्तम्भको अनावरण, स्मारिका विमोचना लगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

merokhabarsathi

Read Previous

रामपुर कालोमोसो प्रकरण:-ओझा माथि दुरव्यवहार गर्ने ६ जना बिद्यार्थी धरौटीमा रिहा

Read Next

प्रहरी माथि समाजले बिश्वास गर्ने बातावरण तयार गर्न लागि परेको छौ:- महानिरिक्षक खनाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *