Breaking News :

रामपुर कालोमोसो प्रकरण:-ओझा माथि दुरव्यवहार गर्ने ६ जना बिद्यार्थी धरौटीमा रिहा

जिल्ला प्रशासन कार्यालय चितवनले प्रा. विष्णुराज ओझा माथि दुरव्यवहार गर्ने ६ जना बिद्यार्थीलाई धरौटीमा रिहा गरेको छ । कार्यालयले कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरका कृषि संकायका सहायक डिन ओझा माथि कालोमुसो दलेर दुव्र्यवहार गर्ने विद्यार्थीहरुलाई जनही २÷२ हजारका दरले धरौटी लिई रिहा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीका अनुसार उनीहरुलाई आज धरौटीमा रिहा गरेको हो ।रिहा हुनेमा सन्तोष खतिवडा, गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् । उनिहरुलाई केही दिन अघि मात्रै रामपुर क्याम्पस परिषरबाट पक्राउ गरिएको थियो । कालोमुसो दले संगै प्रा. ओझाले जिल्ला प्रहरी कार्यालय चितवनमा अभद्र व्यवहारको किटानी जाहेरी दर्ता गर्नु भएको थियो । यस अघि उनीहरुलाई विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले दुई महिनाका लागि क्याम्पसबाट निष्कासन गरेको थियो ।

विद्यार्थीहरुको समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि बिभिन्न आरोप लगाउँदै विश्वबिद्यालय परिसरमा दुव्र्यवहार गरेको थियो । सो घटना पछि प्रजातन्त्रवादी प्राध्यापक संघले आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

merokhabarsathi

Read Previous

प्रदेश नम्बर तीन अन्तर्गत चितवनमा दुर्घटना न्यूनिकरण महाअभियान

Read Next

प्रेस युनियन चितवनले रजत वर्ष मनाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *