Breaking News :

फलफूल बोकेको भारतीय मिनी ट्रक त्रिशूलीमा खस्दा दुई घाइते

भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनी ट्रक शुक्रबार बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी३२एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुंगा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो।

सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ। उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

आँप बोकेर काठमाडौँ जाँदै गरेको मिनीट्रक शुक्रबार बिहान २ः२० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

merokhabarsathi

Read Previous

चितवन महोत्सवको हिसाब सार्वजनिक

Read Next

केटी विवादको विषयमा स्थानीयवासी द्वारा प्रहरी चौकी आगजनी, वडाध्यक्ष घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *