Breaking News :

टिकौलीमा तीन सवारी साधन एक आपसमा ठक्कर खाँदा तीन जना घाईते

रत्ननगर नगरपालिका वडा न. १० टिकौलीमा आज विहान तीनवटा सवारी साधन एक आपसमा ठक्कर खाँदा तीन जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घाईते हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ८ का २२ वर्षिय अजित चौधरी, रत्ननगर नगरपालिका वडा नम्बर १ का २० वर्षिय सुरज चौधरी र पर्शाको श्रीपुर वस्ने १९ वर्षिय रामजी शाह रहनु भएको छ । भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको ना २ प ३८५ नम्बरको मोटरसाईकल र टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको ना ६५ प ६०८९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाने क्रममा टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको ना ८ ख १९९१ नम्बरको ट्रकमा ठक्कर खाएको थियो ।

ठक्करबाट ६०८९ नम्बरको मोटरसाईकलका चालक र सवार चौधरी र ३८५ नम्बरको मोटरसाईकलका चालक शाह घाईते हुनु भएको छ । शाहको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ भने चौधरी द्धयको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । उपचार भईरहेका मध्ये सुरज चौधरीको अबस्था गम्भिर रहेको छ।

merokhabarsathi

Read Previous

झाडुपोछाको काम गर्न होटेलमा राखेको बालिकालाई जबर्जस्ती यौन व्यवसायमा लगाउने होटेल सञ्चालक पक्राउ

Read Next

जवरजस्ती करणी गरी फरार रहेका दुई अभियुक्त पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *