झाडुपोछाको काम गर्न होटेलमा राखेको बालिकालाई जबर्जस्ती यौन व्यवसायमा लगाउने होटेल सञ्चालक पक्राउ

झाडुपोछाको काम गर्न होटेलमा राखेकी कपिलवस्तुकी १५ वर्षीया नाबालिकालाई जबर्जस्ती यौन व्यवसायमा लगाउने होटेल सञ्चालकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

बुटवल ११ कालिकानगरस्थित राप्ती मेनु होटलमा करिब ६ महिनादेखि बन्धकजस्तै बनेकी कपिलवस्तु घर भएकी किशोरी यौन शोषणको पीडा सहन नसकेर भागेपछि घटना बाहिर आएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ स्थित राप्ती मेनु होटेल सञ्चालक २९ वर्षीय अनिल भन्ने टेकबहादुर कुँवर र उनकी श्रीमती ३३ वर्षीया मीनाकुमारी बस्नेत (कुवँर) रहेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

उनीहरुलाई मानव बेचबिखन ऐन र सङ्गठित अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । उनीहरु बाग्लुङको निसीखोला गाउँपालिका–७ का स्थायी बासिन्दा हुन् ।

१५ वर्षीया नाबालिकालाई आफन्त नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरेको बताइएको छ । उनलाई आफन्त नेपालको संरक्षणमा राखिएको छ ।

merokhabarsathi

Read Previous

चितवनको मकैबारीमा भेटियो लाश

Read Next

टिकौलीमा तीन सवारी साधन एक आपसमा ठक्कर खाँदा तीन जना घाईते

Leave a Reply

Your email address will not be published. Required fields are marked *