भरतपुर महानगरपालिका वार्ड नम्बर ५ तोरीखेतमा बुधबार बिहान अन्दाजी ६० बर्षको रामकुमार चौधरीको लाश भेटिएको छ । तोरीखेत स्कुल पछाडी मकै बारीमा चौधरीको लाश भेटिएको हो ।
सोहि वार्डको नारायणपुरमा विगत ८/१० बर्ष देखि टेक्टर चलाएर बस्ने चौधरी चार दिन देखि हराएका थिए । मदन बहादुर क्षेत्रीको घरमा टेक्टर चलाएर बस्ने चौधरीको अत्यधिक रक्सीको कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । क्षेत्रीले चौधरीको घर पुर्वी चितवनको सुल्ताना भएको बताएको छ।
मृतकको अवस्था हेर्दा केहि दिन अघि नै मृत्यु भएको र घामले शरीरको भाग डड्नुको साथै गलेको पनि छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरि सकेको हुनाले सत्य कुरा छिट्टै बाहिर आउने बताएको छ ।