Breaking News :

विप्लव समूहका भेरी ब्युरो इन्चार्ज सहित ५ जना पक्राउ

कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका भेरी ब्युरो इन्चार्ज बलबहादुर वलीसहित ५ जना पक्राउ परेका छन् ।

व्युरो इन्चार्ज वली र भेरी ब्यूरो सदस्य एवं सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुर खड्का सुर्खेतको भेरीगंगा नगरपालिका ५ भर्लेनी स्थित दलबहादुर वलीको घरबाट पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । उनीहरुसँग विभिन्न दस्तावेजसमेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले जाजरकोटको कुशे गाउँपालिका २ बाट अन्य तीन जनालाई पक्राउ गरेको छ । जिल्ला जनसरकार प्रमुख हरिचन्द्र जैशी, मुगुको छायानाथ नगरपालिका घर भई कुशे गाउँ कमिटी सदस्य दीपकबहादुर सावत र जाजरकोट जिल्ला कमिटी सदस्य अजपाल बुढा पक्राउ परेका प्रहरीले जानकारी दिएका छन् ।

merokhabarsathi

Read Previous

प्रहरीको गोली लागेको तीर्थराजको मृत्यु, को हुन् तीर्थराज?

Read Next

चितवनको मकैबारीमा भेटियो लाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *