अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
भोजपुरको मैयुङ्गमा प्रहरी सँगैको भिडन्तको क्रममा गोली लागेर घाइते भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता तीर्थराज घिमिरेको उपचारका क्रममा ज्यान गएको छ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ३२ वर्षीय घिमिरेको आज (बुधबार) बिहान ३ बजे ज्यान गएको हो।
गस्तीमा रहेका प्रहरी र विप्लवका कार्यकर्ताबीच मंगलबार भोजपुर र खोटाङको सिमानामा पर्ने मैयुङ्गमा मठभेड भएको थियो। मुठभेडमा प्रहरीको गोली लागि घिमिरे गम्भीर घाइते भएका थिए।
घिमिरे भोजपुरको षडानन्द नगरपालिका –२ कुदाककाउलेका स्थायी बासिन्दा हुन्। स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई मंगलबार धरान लगिएको थियो।
उनलाई समयमै अस्पताल पुर्याउन नसक्दा ज्यान गएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। आज (बुधबार) बिहान ३ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो।
१०–१५ जनाको समूहमा रहेका विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लिन खोज्दा अरु भागेका र घिमिरेले प्रहरीमाथि हतियार प्रयोग गर्न खोजेकाले जवाफी कारवाही गर्नुपरेको प्रहरीको दाबी छ।
उनको साथबाट एक थान पिस्तोल, ५ राउन्ड गोली, बिस्फोटक पदार्थ र बन्दोबस्तीका सामग्री बरामद भएको प्रहरीले जनाएको छ।