Breaking News :

भौतिक पूर्वाधार मात्र विकास होइन : मुख्यमन्त्री पौडेल

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मात्र विकास होइन बताएका छन् ।

गजुरी गाउँपालिका भवनको आज उद्घाटन गर्दै मूख्यमन्त्री पौडेललले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा विकास हुने भएकोले साना योजना स्थानीय सरकारले, मध्यम किसिमका योजना प्रदेशले र ठूला योजना संघीय सरकारले गर्ने गरी योजना तयार गर्न आग्रह गरे ।

समानुपातिकको नाममा वितरणमुखी होइन कि समानुपातिक विकास गर्न र रोजगारमूलक योजना निर्माण गरी लागू गर्न गाउँपालिकालाई उनले आग्रह गरे ।

गाउँपालिका प्रमुख राजेन्द्रविक्रम बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद खेमप्रसाद लोहनी, भूमि त्रिपाठी, प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले समृद्ध नेपाल सुखी नेपाली बनाउन सबै मिलेर लाग्नुपर्नेमा जोड दिए ।

merokhabarsathi

Read Previous

नेपाली कांग्रेसको ‘छाया सरकार’ गठन, यस्तो छ कांग्रेसको छाया सरकार

Read Next

पाँचथरमा ९ जनाको विभत्स हत्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *