Breaking News :

गोली हानेर विष्णु तामाङ (काले) लाई पक्राउ

प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर विष्णु तामाङ (काले) लाई पक्राउ गरेको छ । काले भनिने तामाङ प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका थिए।

दायाँ खुट्टामा गोली लागेर घाइते तामाङको बीर अस्पतालमा उपचार भइरहेको छ । महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले तामाङको दायाँ घुँडामा गोली लागेको जानकारी दिएका छन्।

थापाका अनुसार ६ वटा अपराधका घटनालाई लिएर उनको खोजी भइरहेको थियो । यसैक्रममा टोखामा रहेको सूचना पाएपछि प्रहरी टोली उनलाई पक्रन सोमबार बिहान ८ बजे गएको थियो ।

‘नियन्त्रणमा लिन गएको टोलीलाई उनले उल्टै हतियार देखाएर आक्रमणको प्रयास गरेका थिए । त्यसपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो,’ थापाले भने ।

सिन्धुपाल्चोकको मेलम्चीका तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत लुटपाट गरेका थिए । यही कारण उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजाया भुक्तान गरेर निस्किएपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई ‘खुंखार डाँका’ भन्ने गरेका छन्।

merokhabarsathi

Read Previous

चितवनमा जवरजस्ति करणीको अभियोगमा एक जना पक्राउ

Read Next

टिकौली ढाट प्रकरण:- तोडफोड र आगजनिमा संलङ्न दोशिलाई कारवाही गर्न आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *