Breaking News :

हर कोहीलाई मनछुने ‘बिरबिक्रम २’

नेपाली चलचित्रमा पछिल्लो समयमा केही सिनेकर्मीले नेपाली समाजमा देखापर्ने आफ्ना मौलिक कथालाई खोतल्न थालेका छन् । नयाँ कथासँगै समाजमा देखिएका सूक्ष्म आयामलाई पनि चलचित्रको पर्दामा देखिन थालेको हो। ‘बिरबिक्रम २’ पनि नयाँ परिवेशमा निर्माण गर्न खोजिएको चलचित्र हो ।

चलचित्र ‘बिरबिक्रम २’ युवापुस्तामा हुने सामान्य प्रेमकथा र साथीभाई बिचको माया र दोन्द मात्रै हो भन्दा हुन्छ । बिर (पल शाह) र बिक्रम (नाजिर हुसेन) बच्चैदे खिका साथी हुन् । बिरबिक्रम दुबैले बादल (वर्षा सिवाकोटी)लाई माया गर्छ । भने यस फिल्ममा बुद्धि तामाङलाई (बाघ बहादुर) लाई भिलेनको रुपमा देखाइएको छ। तिनै जनाले बादललाई  मन पराउछन र बिर र बिक्रमको दोस्ती पनि यसै कारणले टुट्छ। त्यसपछि विक्रमले बाघ बहादुर संग मित लगाउछ। समग्र फिल्ममा भन्नु पर्दा फिल्ममा साथीभाइलाई विश्वास गर्दा पाइने विश्वासघातलाई चित्रण गरिएको छ। तर बादल भने कसको हुन्छ त्यसको लागि फिल्म नै हेर्नपर्छ।  फिल्म हेर्दा हरकोहिलाई यो मेरै कहानी त होइन भन्ने लाग्छ।
चलचित्रमा कलाकारको अभिनय राम्रो छ । निर्देशक चाम्सले चलचित्रमा साना र चोटिला विषयवस्तु मिसाएका छन् । मुस्तांग, हुम्ला र चिनको तिब्बदको प्राकृतिक दृश्यहरूलाई फिल्ममा सुन्दर चित्रण गरिएको छ ।

merokhabarsathi

Read Previous

धादिङमा बस दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु

Read Next

चितवनमा जवरजस्ति करणीको अभियोगमा एक जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *