Breaking News :

धादिङमा बस दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु भएको छ ।

ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानमा दुर्घटना भएको गजुरी प्रहरीले जनाएको छ । बस सडकबाट त्रिशुली नदीमा खसेको छ ।

दुर्घटनामा कम्तिमा ३ यात्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको रात्रीबस  दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

merokhabarsathi

Read Previous

आज बुद्ध जयन्ती देशभर मनाइँदै

Read Next

हर कोहीलाई मनछुने ‘बिरबिक्रम २’

Leave a Reply

Your email address will not be published. Required fields are marked *