Breaking News :

आज बुद्ध जयन्ती देशभर मनाइँदै

आज (शनिबार) वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६३औँ बुद्ध जयन्ती, भगवान् बुद्धप्रति आस्था प्रकट गरी देशभर मनाइँदैछ।

यस अवसरमा  काठमाडौंका बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति बिहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रूपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्‍याली आयोजना गरिन्छ।

सिद्धार्थ गौतमको जन्म इसापूर्व ५६३ अर्थात् २५ सय ६३ वर्षअघि वैशाख शुक्ल पूर्णिमाकै दिन नेपालको लुम्बिनीमा भएको थियो।

उनले बुद्धत्व र महापरिनिर्वाण प्राप्त पनि वैशाख शुक्ल पूर्णिमाकै दिन गरेकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा लिने गर्छन्।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागेर ज्ञानको खोजीमा निस्केका थिए।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रूपमा उनले विश्व प्रसिद्धि पाए।

 

merokhabarsathi

Read Previous

योजनावद्ध रुपमा आएका रैछन थाहा भएनः खड्का

Read Next

धादिङमा बस दुर्घटना हुँदा कम्तिमा ३ जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *